७ बैशाख २०८१, शुक्रबार
Follow Us

क्यान्सर पीडितलाई गुल्मी समाजको आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७४, मंगलवार २०:३६

लन्डन– सामाजिक अभियन्ता गंगा रायमाझीकी आमाको उपचारका लागि बेलायतबाट सहयोग गरिएको छ ।

गुल्मी स्थित आशा अपांग केन्द्रकी सञ्चालिका गंगा रायमाझीकी क्यान्सर पीडित आमाको उपचारका लागि बेलायतबाट आर्थिक सहयोग गरिएको छ ।

गुल्मी जिल्ला समाज यूकेको सहयोगमा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापाको संयोजनमा बेलायतमा संकलन गरिएको २ लाख ८४ हजार रुपैयाँको सहयोग रायमाझीलाई प्रदान गरिएको छ । समाजका सल्लाहकार क्याप्टेन रिटायर्ड टामबहादुर ढेगा मगरले सो रकम बुटवलमा रायमाझीलाई हस्तान्तरण गरेका छन् ।