११ बैशाख २०८१, मंगलवार
Follow Us

गच्छदार विजयी

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७४, बुधबार ०५:३४

काठमाडौं । सुनसरी–३ बाट विजय गच्छदार विजयी भएका छन् । उनले वाम गठबन्धनको उम्मेदवार भगवती चौधरीलाई ३ सय २१ मतको अन्तरले पराजित गरेका हुन् । गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेका थिए भने चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन् ।
यो मत परिणामसँगै प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन परिणाम सकिएको छ ।