१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रत्यक्षतर्फको सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक, कांग्रेस तेस्रो

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७४, बुधबार ०६:१४

काठमाडौं । सुनसरी–३ बाट विजय गच्छदार विजयीसँगै प्रत्यक्षतर्फको सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक भएको छ । १ सय ६५ स्थानका लागि भएको निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस २२ सिट जित्दै तेस्रो स्थानमा रह्यो । पहिलो नेकपा एमाले बन्यो, उसले ८० सिट जित्यो । एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रले ३६ स्थान जित्दै दोस्रो बन्यो ।
मधेश केन्द्रित दल संघीय समाजवादी फोमरले १० र राष्ट्रिय जनता पार्टीले ११ स्थानमा जित निकालेको छ । राष्ट्रिय जनमोर्चा, राप्रपा, नयाँ शक्ति, मजदुर किसान पार्टीले १–१ स्थानमा विजयी भएका छन् भने स्वतन्त्र ३ जना विजयी भएका छन् ।
उनले वाम गठबन्धनको उम्मेदवार भगवती चौधरीलाई ३ सय २१ मतको अन्तरले पराजित गरेका हुन् । गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेका थिए भने चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन् ।
यो मत परिणामसँगै प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन परिणाम सकिएको छ । निर्वाचन परिणामअनुसार नेकपा एमालेले ७९, नेकपा माओवादी केन्द्रले ३६ स्थान र नेपाली कांग्रेसले २३ स्थानमा विजयी हासिल गरेको छ ।