१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस र वाम गठबन्धनबीच झडप, ४ राउन्ड हवाईफायर

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७४, बुधबार ११:५६

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–१ सेखौनामा चुनावी परिणामको विषयलाई लिएर नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । मंगलबार साँझ भएको झडपमा स्थानीय सप्तलाल महतो र जयलाल महतो सामान्य घाइते भएका छन् । चुनावमा भएको हार–जितका विषयमा दुई पक्षबीच विवाद उत्पन्न हुँदा झडप भएको इलाका प्रहरी कार्यालय हरकठवाले जनाएको छ ।
घटनास्थलमा तत्कालै प्रहरी पुगेर ४ राउन्ड हवाईफायर गरी स्थिति नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रमुख एसपी मसउद आलम खाँले जानकारी दिए । सर्लाही क्षेत्र नम्बर–४ मा पर्ने त्यस क्षेत्रबाट नेपाली कांगे्रसका उम्मेदवार अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।