१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपालमा लगानी भित्राउन लण्डन दूतावासको सकृयता

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७४, बिहीबार २२:४१

लन्डन । नयाँ सरकार गठन पछि नेपाल आर्थिक समृद्धिको बाटोमा उन्मुख भएको बताइरहंदा लन्डनमा सम्पन्न व्यापार तथा लगानी विषयक एक सेमिनारमा सहभागीहरुले नेपालमा लगानीको लागि आब्हान गरेका छन् । लन्डनस्थित नेपाली दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसीसी) को संयुक्त आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा सहभागीहरुले नेपालमा राजनैतिक स्थिरतको बाटो खुलेको भन्दै लगानीको लागि आव्हान गरेका हुन् ।

बेलायती तथा नेपाली व्यवसायीहरु सहभागी उक्त कार्यक्रममा बिएनसीसी अध्यक्ष राजन कंडेलले नेपालमा लगानी र व्यापारका अवसरबारे चर्चा गरे । उनले नयाँ बन्दै गरेको सरकारका प्रमुख साझेदार पार्टीहरु समेत नेपालमा लगानीको लागि सकरात्मक रहेको वताए ।

उक्त सेमिनारमा बेलायतको विदेश मन्त्रालय (फरेन एण्ड कमनवेल्थ अफिस) की प्रतिनिधि जेनिफर नेल्सन, बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कंडेल लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।
25398383_1950586998595344_4004519977424615097_o
नेपालमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनपछि स्थायी सरकार गठनको मार्ग प्रशस्त भएका बेला वैदेशिक लगानी भित्रयाउने प्रयास स्वरुप सो कार्यशालाको आयोजना गरिएको आयोजकको दावी रहेको छ । कार्यक्रममा वेलायतस्थित नेपाली पत्रकारहरुको समेत उपस्थिती थियो । सेमिनारमा भारतीय मुलका ब्रिटिश व्यापारीको उल्लेख्य सहभागिता रहेको थियो ।

25352171_1950586835262027_297697488927213209_o
25358214_1950587711928606_6254237922008230143_o
फोटो- शिव भण्डारी