६ चैत्र २०८०, मंगलवार
Follow Us

पानी अभियानमा अस्ट्रेलियाबाट शर्मा

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७३, शनिबार ११:५६

सिड्नी– बिदेशमा बस्ने एक साधारण युवाको सोचबाट शुरुवात भएको पानी अभियानलाई बिभिन्न देशमा बस्ने हरेक नेपालीहरुले प्रीय र एक्काइसौ शताब्दीको नेपाली समाजको अपरिहार्य अभियान मान्दै स्वस्फूर्त सहयोगका प्रतिबद्दताहरु जाहेर गरिरहेका छन् ।
यसै गरी सहयोग गर्नेहरुमा जन प्रगतिशील मंच अष्ट्रेलियाका प्रमुख सल्लाहकार शेषमणी शर्माले पानी अभियानलाई आफ्ना पिता श्रीधर शर्माको नामबाट ५० हजार र आफ्नो नामबाट ५० हजार गरी लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानलाई रु १ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
स्मरण रहोस करोड पानी अभियानको बैन्क खातामा झन्डै ६ लाख जम्मा भैसकेको छ । शेषमणी जस्ता युवाहरुको सहयोग बढ्दै गयो भने पानी नपाएर तड्पिएको गाउँ लक्ष्मीपुर गाविस सुनपुर दाङमा हरेक घरमा धारो र सिचाई हुन के पो समय लाग्ला र ?
फेसबूकको भरबाट करोड उठाउन निरन्तर आट गरिरहेका मित्रलाल पार्देको यो अभियानलाई हामी मिडियाकर्मीहरुको शुभकामना र उक्त गाउँलेले चाडैं पानी पाओस् ।