१२ बैशाख २०८१, बुधबार
Follow Us

काभ्रेमा जिप दुर्घटना

sarusaru
२९ मंसिर २०७४, शुक्रबार ०२:५६

काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका-१० मा शुक्रबार बिहान जीप दुर्घटना भएकाे छ । बा ३ च ६७८७ नम्बरको जीप अन्दाजी ५० मिटर तल सुनकोशी नदिमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले सुनकोशी नदिमा डुबिरहेको अवस्थामा जीप फेला परेको जनाएको छ । ।

जीपमा कतिजना सवार थिए भन्नेबारे केही खुलेको छैन । नेपाल प्रहरीका डीएसपी महेन्द्र मरासिनीले दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन नसकेको बताए ।

उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थल पुगिसकेको छ । प्रहरी घटनास्थलमा एउटा मोबाइल सेट फेला पारेको जनाएको छ ।

-अनलाइन खबरबाट ।