१४ बैशाख २०८१, शुक्रबार
Follow Us

होला त सिलावाललाई कारबाही ?

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७४, शुक्रबार ०७:१२

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेबाट नवनिर्वाचित सांसद एवं तत्कालीन डीआइजी नवराज सिलवालले बढुवाका लागि पेस गरेको कार्यसम्पादन मूल्यांकन गलत रहेको ठहर गर्दै कारबाही गर्न आदेश गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सातजना न्यायाधीशको बृहत् इजलासले हालै तयार पारेको फैसलाको पूर्णपाठमा उक्त आदेश दिइएको हो । जसमा न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारी सहभागी हुनु भएको थियो ।
नवराज सिलवालले निवेदनसाथ प्रस्तुत् गरेको फर्मको अंक र लोकसेवा आयोगलगायतका निकायबाट प्राप्त अंक भिन्न देखिएकाले अधिवक्ता कपिलदेव ढकालले सिलवालको बढुवाका लागि सार्वजनिक सरोकारको सिद्धान्तविरुद्ध रिट दायर गरेको ठहर गर्दै उहाँलाइ समेत कारबाही गर्न नेपाल बार काउन्सिललाईसमेत लेखी पठाउन आदेश दिएको हो ।