१५ चैत्र २०८०, बिहीबार
Follow Us

आफ्नो सस्कृति र संस्कार त मान्नै प-यो

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७४, शुक्रबार ०७:५६

पदमा श्रेष्ठ ढेवाजु, शिक्षक
जहाँ इच्छा त्यहाँ उपाय भन्ने भनाइलाई जीवनको हरेक मोडमा आत्मसात गदै अगाडि बढ्नुभएको छ नारी उथ्थान केन्द्र नारायणगढकी अध्यक्ष पद्मा श्रेष्ठ ढेवाजु । ४० वर्षअघि शिक्षण पेसामा लाग्नु भएकी अध्यक्ष ढेवाजु विभिन्न सामाजिक संघ–संस्थामा पनि उत्तिकै सक्रिय हुनुहन्छ । घरपरिवार, समाज अनि पेसा सबैलाई सन्तुलनमा राख्न सक्नु आफ्नो खुबी हो भन्ने प्रावि द्वितीय श्रेणीको शिक्षक ढेवाजुसँग गरिएको कुराकानीका अंश :

० डे«समा हुनुहन्छ विद्यालय जान लाग्नुभएको होला, हैन ?
– हो, ९ बजिसक्यो नि अब जाने बेला भयो ।

० कहिलेदेखि पढाउन थाल्नुभएको हो?
– भर्खर एसएलसी पास गरेर कलेज जान थालेको थिएँ । सूर्यकुमार मास्केले पढाउने हो भनी सोध्नुभयो । दाजुहरूले पनि पढाउन जाउन त अनुभव पनि हुन्छ, पकेट खर्च पनि हुन्छ भन्नुभयो । सोझै नियुक्ति लिएर २०३४ सालदेखि पढाउन थालेको हो, अहिलेसम्म पनि पढाइरहेको छु । अब भने यहि शैक्षिक सत्रदेखि छोड्छु होला ।

० कतिसम्म पढ्नु भयो नि ?
– भर्खर कलेज गएको र पढाउन थालेको बेला विवाह भइहाल्यो, अनि त्यसपछि केटाकेटी पनि भए । थप अध्ययन गर्न पाइएन ।

० तपाई त शिक्षण पेसाका साथै अन्य धेरै सामाजिक संघ–संस्थामा पनि आवद्ध हुनुहुँदो रहेछ नि ?
– हो, नारी उत्थान र नेवा मिस पुचः को त अध्यक्ष नै छु, हाम्रो घर, सामुदायिक प्रहरी सेवा केन्द्र नारायणगढको आजीवन सदस्य हो भने अनेमसंघ चितवनको जिल्ला कोषाध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठनको नारायणी अन्चल सदस्य र केन्द्रीय प्रतिनिधिलगायत विभिन्न सामाजिक संघ–संस्थामा पनि आवद्ध रहेको छु ।

० श्रीमान् पनि जागिरे नै हुनुहुन्छ, यति धेरै सस्थामा समय दिन भ्याउनु हुन्छ त ?
– सबैभन्दा ठूलो कुरा इच्छा हो । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै हो । नसकिने केही छैन । मलाई हरबखत श्रीमान् पुरुषोत्तम ढेवाजुले सहयोग गरिहनुहुन्छ । घरकको काम मिलेरै गर्छौं, बच्चाहरू साना हँुदासम्म केही गाह्रो भयो र पछि छोराहरूले पनि घरको काममा सघाउन थाले । अनावश्यक गफ गर्ने समय भने मसँग हुँदैन । फुर्सद छ भन्ने नै छैन । सामाजिक कार्य रहरको पाटो पनि भएर होला, व्यस्त हुँदा खुसी नै लाग्छ ।

० भोजभतेर कतिको भ्याउनु भाछ नि ?
– आफ्नो सस्कृति र संस्कार त मान्नै प¥यो । अरुलाई खाना खान बोलाउँछु मेरो फुर्सदको हिसाबले, विशेष गरी विवाह व्रतमानमा जान नभ्याए पनि अन्तिम संस्कारका कार्यक्रममा भने पुग्ने गर्छ‘ ।

० नारी उत्थान केन्द्रले के काम गर्छ ?
– सुरुमा यो संस्था विशेष गरी नारी शिक्षामा लक्षित थियो । समयक्रमसगै यसको कार्यक्षेत्र पनि फराकिलो बन्दै गएको छ । २०४८ सालमा विधिवत् स्थापित यो संस्थाले वार्षिक कार्ययोजना नै बनाएर काम गर्ने गरेको छ । गत वर्ष माघमा हामीले रजत वर्ष नै मनायांै । सामूहिक वेलविवाह, घरेलु हिंसा न्यूनीकरणमा टेवा पुग्ने कार्यक्रमहरू, छात्रवृत्ति, सीप विकासका तालिमलगायत सामाजिक सरोकारका कार्यक्रम विशेषगरी समतामा आधारित समाज निर्माणमा टेवा पुग्ने खालका कार्यक्रम हामीले गर्दै आइरहेका छौं ।

० घरेलु हिंसाका क्षेत्रमा कस्तो काम गरेको छ केन्द्रले ?
– घरेलु हिंसाको घटना हेरी विभिन्न चरणमा कार्य गर्छ । गत वैशाखदेखि ६ वटा मुद्दा हाम्रो कार्यालयमा आएको छ । जसमा दुईवटा मेलमिलाप केन्द्रबाट गरी पठायौ । दुईवटा प्रहरीमार्फत र दुईवटा अदालतमा पुगेको छ । हामीले नै अदालती प्रक्रियामा सहयोग गरिरहेका छौं ।

० संस्थामा कति सदस्य छन् ।
– ८२ जना आजीवन सदस्य छन् । जम्मा २२० भन्दा बढी सदस्य छन् ।

० तपाईको आबद्धता कहिलेदेखि रह्यो ?
– २०४८ सालमा संस्था दर्ता भयो । त्यसपछि आजीवन सदस्य भएँ । २०६४ मा कार्यसमिति सदस्य २०६९ मा उपाध्यक्ष हँुदै २०७२ देखि अध्यक्षमा रहेको छु । मेरो कार्यकाल सकिनै लागेको छ ।

० केन्द्रको आफ्नै भवन पनि छ ?
– केन्द्रमा संस्थापक दिदीहरूको ठूलो योगदान छ । आज नारी उत्थान केन्द्रलाई जिल्लाकै नमुना बनाउन उहाँहरूले धेरै दःुख गर्न भाको छ । म पूर्वअध्यक्षज्युहरू शान्ता श्रेष्ठ, दुर्गालक्ष्मी श्रेष्ठ, सरस्वती कतिला, गोमा प्रधान, शान्ति प्रधानलाई सम्झिन चाहन्छु । उहाँहरूको मिहिनेत नै केन्द्रले यो रूप लिन सकेको हो । हामीले गत वर्ष भव्य रूपमा रजत वर्ष मनाउन सक्यौं । अब पनि भवन विस्तारको काम गर्न बाँकी छ । केन्द्रका सबै महिला दिदीबहिनी त्यसका लागि खटिरहनुभएको छ ।

० सामाजिक क्षेत्रमा काम गर्न के सहयोगी हुँदो रहेछ ?
– बालबालिकाको सिकाइका लागि पनि बाहिरी संसारका अनुभव संगाल्दा धेरै सहयोग पुग्ने रहेछ ।

० तपाईको अनुभवले के भन्छ ?
– आप्mनो घर परिवार व्यवस्थापन गरेर बचेको समय सामाजिक क्षेत्रमा छुटाउन म सबै महिलालाई आग्रह गर्दछु । यसले हाम्रो व्यक्तित्व र नेतृत्व क्षमता बढाउन सहयोग नै गर्छ ।