१३ बैशाख २०८१, बिहीबार
Follow Us

एसियर्टस म्यानेजमेन्ट कम्पनीको शुभराम्भ

नेपालब्रिटेन डट कम्
१ पुष २०७४, शनिबार १२:४५

काठमाडौं । गैरआवासीय नेपालीहरुको संलग्नतामा नेपाल एसेयर्टस म्यानेजमेन्ट कम्पनीको शुभराम्भ भएको छ । नेपाल ब्रिटेन डट कमका अध्यक्षसमेत रहेका चिरञ्जीवी ढकालले शनिबार कम्पनीको शुभराम्भ गरेका हुन् । कम्पनीका अध्यक्ष कृष्णप्रसाद नेउपानेका अनुसार नेपालको वित्तीय क्षेत्रमा पाँचवटा उद्देश्य लिएर कम्पनी स्थापना भएको हो ।
स्वदेशमा विदेशी लगानी भित्र्याउने, गैरआवासीय नेपालीहरुले नेपालमा गरेको लगानीलाई व्यवस्थापनमा सहयोग पु¥याउने, सेयर बजारमा लगानीकर्तालाई आकर्षण बढाउने, विभिन्न बैंक तथा वित्तीय संस्थाको खराब ऋणको लिलामी गृहको काम गर्ने, तथा कम्पनीलाई आवश्यक पर्ने पूँजी परिचालनको काम कम्पनीले गर्ने अध्यक्ष नेउपानेले बताए । नेपालमा सम्पत्ति व्यवस्थापनको काम गर्ने यो एक मात्र कम्पनी भएको अध्यक्ष नेउपानेले दाबी गरे ।