१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रिय सभा निर्वाचनको खोंचे थापेर सत्ता लम्ब्याउने प्रयास : ओली

नेपालब्रिटेन डट कम्
१ पुष २०७४, शनिबार १३:०७

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा खोचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको आरोप लगाएका छन् । बालकोटमा शनिबार सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसले लोकतान्त्रिक माध्यता र जनताको अभिमतलाई अवमुल्यन र अस्वीकार गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन । कानुनको खोचे थापेर जनताको अभिमतलाई अवमुल्यन र अस्वीकार गर्ने मनसाय प्रकट भएको भन्दै ओलीले मर्यादित संस्थाको अनुचित ब्याख्या र प्रयोग गर्ने कुरा शोभनीय नहुने पनि बताए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रिय सभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको भन्दै सच्याउन आग्रह समेत गरे । उनले नयाँ सरकार बनाउन राष्ट्रिय सभा गठन आवश्यक नरहेको समेत प्रष्ट पारे । अध्यक्ष ओलीले जनमतले नै कांग्रेसलाई राजीनामा गराइसकेको पनि उल्लेख गरे ।