८ बैशाख २०८१, शनिबार
Follow Us

अब तत्काल पार्टी एकीकरण : दाहाल

नेपालब्रिटेन डट कम्
१ पुष २०७४, शनिबार १३:०८

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनअघि विभिन्न कारणले पार्टी एकीकरण हुन नसकेपनि अब तत्काल नेकपा एमाले र माओवादीबीच पार्टी एकीकरण हुने बताएका छन् । शनिबार काठमाडौंमा गरिएको एक कार्यक्रममा उनले निर्वाचनमा वाम गठबन्धनले हासिल गरेको जित एमाले र माओवादी केन्द्रको मिलनबाट सम्भव भएको नबिर्सन सबैलाई आग्रह गरे ।
राजनीतिक स्थायित्व, विकास निर्माण र समृद्धिका लागि जनताले दिएको मतमा चूक हुन नदिने वचन पनि उनले दिए । कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता र सरकार गठनलाई साथसाथै अघि बढाउनुपर्ने उल्लेख गरे । कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर–५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं एमाले महासचिव ईश्वर पोखरेल, प्रदेशसभा सदस्यद्वय नारायण सिलवाल र दीपक निरौलालाई शुभकामना र बधाइ दिइएको थियो ।