१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रोफेशर सूर्य सुवेदी समूहले नेपाललाई सहयोग गर्न

नेपालब्रिटेन डट कम्
१ पुष २०७४, शनिबार १६:०१

लण्डन । नेपालभन्दा बाहिर अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएर रहेको नेपाली बौद्धिक समुदायले नेपाललाई सहयोग गर्न तत्परता देखाएको छ ।

प्राध्यापक डा सुर्य सुवेदीले शनिबार एक वक्तव्य जारी गर्दै नेपाललाई आर्थिक समृद्धि र राजनीतिक स्थिरताको दिशामा डोर्याउने अभियानमा सहयोग गर्न बौद्धिक समुदाय तयार रहेको बताएका छन् ।
हालै सम्पन्न निर्वाचनपछि देशमा लामो राजनीतिक सक्रमणको अन्त्य भएको र धेरै उतारचढावहरुपछि देशमा लोकतन्त्रको नयां युगको सुरुआत भएको ठहर वक्तव्यमा छ ।
मुलुकलाई राजनीतिक स्थिरता दिने, आर्थिक समृद्धिमा अगाडि बढाउने, लोकतन्त्र विधीको शासन र मानवअधिकारलाई संस्थागत र सुदृढिकरण गर्ने लगायतका चुनौतिहरुलाई सामना गर्ने कार्यमा अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएको बौद्धिक समुदायलाई परिचालन गरी सहयोग गर्न आफु र आफुसम्बद्ध संस्थाहरु तयार रहेको सुवेदीले उल्लेख गरेका छन् ।

नेपाल सरकारलाई नितान्त राष्ट्रिय हितका सवालमा गैरदलीय, निष्पक्ष र स्वतन्त्र हिसाबले नीति निर्माणमा सहयोग गर्न तत्पर रहेको उनको भनाइ छ ।

वक्तव्यमा डा सुवेदीले नेपालको संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सबै नेपाली जनता, निर्वाचन आयोग, नेपाल सरकार र सबै राजनीतिक दलको नेतृत्वलाई बधाई ज्ञापन पनि गरेका छन् ।

बेलायतको लिड्स विद्यालयका अन्तर्राष्ट्रिय कानुन विषयका प्राध्यापक डा सुवेदी ब्रिटेन नेपाल प्राज्ञिक परिषदका संस्थापक अध्यक्ष हुन् । ग्लोबल पोलिसी फोरम फर नेपालका अध्यक्ष समेत रहेका उनी अन्तर्राष्ट्रिय कानुन इन्सटिच्युटका निर्वाचित सदस्य पनि हुन् ।