१५ चैत्र २०८०, बिहीबार
Follow Us

कपिल शर्मा शो सिजन २ पुनः कमब्याक

sarusaru
२ पुष २०७४, आईतवार ०२:२९

चर्चित भारतीय कमेडियन कपिल शर्मा टिभीमा पुनः धमाकेदार प्रस्तुतीका साथ कम ब्याक हुने भएका छन्। उनी नयाँ वर्ष २०१८ मा द कपिल शर्मा शो सिजन २ कार्यक्रम लिएर पुनः टिभीमा आउन लागेका हुन्। २०१७ मा कपिललाई लिएर विभिन्न विवाद आएको थियो। त्यस बखत उनको कार्यक्रमलाई बन्द गराइएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार कपिल २०१८ मा एक पटक दर्शनले फेरी मनोरञ्जन लिन पाउने भएका हुन्। नयाँ शो का लागि कपिलले तयारी समेत सुरु गरिसकेका छन्। उनले अब उक्त शो को प्रोमो छायांकन गर्ने तयारी गरिरहेको समाचारमा जनाइएको छ। उनले जनवरीको पहिलो हप्तामा प्रोमोको छायांकन गर्ने बताइएको छ।

कपिलको कम ब्याक शोमा कुन कुन कमेडियन कलाकार सहभागी हुने भन्ने बारे भने खुलाइएको छैन।