१५ बैशाख २०८१, शनिबार
Follow Us

सरकार लोकतान्त्रिक अभ्यास र जनमतविरुद्ध : बाम गठबन्धन

नेपालब्रिटेन डट कम्
२ पुष २०७४, आईतवार ०६:२९

काठमाडौं । बाम गठबन्धनले जनादेश अनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न सरकारलाई आग्रह गरेको छ । गठवन्धनमा आबद्ध नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज संयुक्त पत्रकार सम्मेलन गर्दै नयाँ जनदेश अनुसार सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका हुन । नयाँ जनादेश आइसकेपछि सरकारले दुरगामी प्रभाव पार्ने किसिमका नियुक्तीहरु गरेको भन्दै पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष ओलीले सरकारले जनादेश विपरित काम गरिहेको बताए । माओवादी केन्द्रका अध्यक्ष दाहालले नयाँ जनमत आउदा समेत काम चलाउ सरकारले नयाँ नियुक्ति, बढुवाका महत्वपूर्ण निर्णय गर्नु जनमतको उपेक्षा गर्नु भएको बताए । राष्ट्रिय सभा सम्वन्धी प्रस्ताव सरकारले एकलौटी रुपमा पेश गरेकाले यथास्थितीमा अघि बढन नसक्ने पनि गठवन्धनमा आबद्ध दलका नेताले बताए । दुबै नेताले कामचलाउ भैसकेको सरकारले प्रदेश प्रमुखहरुको नियुक्ती समेत गर्न नमिल्ने बताए । दुबै नेताले जनताले आफूहरुको पक्षमा जनमत दिएको भन्दै संविधानको गलत ब्याख्या नगर्न सरकारलाई चेतावनी समेत गठबन्धनले दिएको छ ।