१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसका यी पुराना नेताको राजनीति समाप्त

नेपालब्रिटेन डट कम्
३ पुष २०७४, सोमबार ०६:४६

काठमाडौं । २०४८ सालदेखि नै हरेक निर्वाचनमा लगातार उम्मेदवार भइसकेका नेपाली कांग्रेसका नेताहरु ६५ वर्ष उमेर नाघिसकेका छन् । उनीहरुको यो निर्वाचनसँगै राजनीतिमा करिब करिब पूर्णविराम लागेको छ । सम्भवतः अबको पाँच वर्षपछि हुने निर्वाचनमा उनीहरूले उम्मेदवार बन्ने अवसर पाउने छैनन् । २०४८ सालदेखि नै जिल्ला तथा आफ्नो निर्वाचन क्षेत्रको पार्टी राजनीतिमा एकाधिकार जमाएका बुढा नेताहरू विस्थापित हुनु नेपाली कांग्रेसका लागि सकारात्मक हो ।
यसपटक चुनावमा पराजय हुनु भनेको पाँच वर्षका लागि थान्को लाग्नु हो । विशेष परिस्थितिमा बाहेक सामान्यतः ६५ वर्ष उमेर नाघेपछि मन्त्री र सांसद बन्नैका लागि चुनाव लड्ने परम्परा विश्वमा कहीँ पनि छैन । भर्खर सम्पन्न निर्वचनमा पनि ६५ वर्ष उमेर नाघेका बुढाहरू थोरैले मात्रै चुनाव लडेका थिए । त्यसमध्ये पनि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विजय गच्छेदार र प्रदीप गिरिबाहेक कुनैले चुनाव जितेनन् । ६५ वर्ष उमेर नाघेकामा कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, दमननाथ ढुंगाना, राधेचन्द्र यादव, आनन्द ढुंगाना, शेषनाथ अधिकारी, दिलबहादुर घर्ती, शुक्रराज शर्मा, हरिप्रसाद नेपाल, दीपकुमार उपाध्याय, डा. रामबहादुर विसी, हस्तबहादुर मल्ल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, रामचन्द्र पौडेल, डा.रामशरण महत, सुनिलकुमार भण्डारी, अम्बिका बस्नेत, चीनकाजी श्रेष्ठलगायत दुई दर्जन नेताहरू छन् ।
सम्भवतः यी नेताहरू अबको पाँच वर्षपछि हुने निर्वाचनमा उम्मेदवार बन्ने अवस्था रहने छैन । यी नेताहरूले मुलुकको अग्रगामी परिवर्तनका लागि ठूलो योगदान पु¥याएका थिए । यी नेताहरूको ठाउँ लिने उत्तराधिकारीहरू को को होलान् ? भन्ने विश्लेषण तथा जोडघटाउ नेपाली कांग्रेसभित्र सुरु भएको छ ।