१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन यूकेको १ सय दिन सफल

नेपालब्रिटेन डट कम्
३ पुष २०७४, सोमबार ०९:२७

लण्डन ।गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आफ्नो कार्यकालको १००औ दिन पुरा गरेको अवसरमा आइतबार एक विशेष कार्यक्रम सम्पन्न गरेको गरेको छ ।

अल्डरसटमा आयोजित सो कार्यक्रममा एनआरएन यूकेको कार्यालयको समेत उद्घाटन गरिएको छ ।

एनआरएन यूकेका अध्यक्ष तथा कार्यक्रमका सभापति योगकुमार फगामी र कार्यक्रमका प्रमुख अतिथी तथा आइसिसी उपाध्यक्ष कुल आचार्यले संयुक्त
त्यस अवसरमा बेलायतबाट हालै आइसिसीको सल्लाहकार, मानार्थ परिषदको सदस्य तथा कोअप आइसिसी सदस्यमा मनोनित हुनेहरुलाई सम्मान गरियो । त्यस्तै, एनआरएन यूकेको कोअप सदस्यमा मनोनित हुनेहरुलाई प्रमाणपत्र पनि वितरण गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, सल्लाहकार सुरेन्द्र श्रेष्ठ, एनआरएन यूकेका पूर्व अध्यक्षद्धय सुर्य गुरुंग र मुछेत्र गुरुंग, आइसिसी सदस्य रामशरण सिंखडा लगायतले सातौं कार्यसमितिले १ सय दिन पूरा गरेकोमा बधाई दिदै बांकी कार्यकालका लागि शुभकामना दिए ।

फाेटाे – शिब भण्डारी

अध्यक्ष फगामीले बेलायतबासी नेपालीहरुको ग्रास रुटसम्मै पुगेर संस्थालाई सबैको साझा बनाउने आफ्नो लक्ष्य दोहोर्याए । सो अवसरमा एनआरएन यूकेका प्रवक्ता रमेश सरांगकोटीले १ सय दिनको उपलक्ष्यमा प्रकाशित हुन लागेको विशेषांकको बारेमा प्रिजेन्टेसन प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष प्रेम गाहा मगरले च्यारिटी विभागका भावी कार्यक्रम तथा उपाध्यक्ष ललित न्यौपानेले राज्य तथा क्षेत्र समन्वय विभागका कामहरुबारे कार्यक्रममा जानकारी गराए । त्यसअवसरमा एनआरएन यूकेका पूर्व उपाध्यक्ष राष्ट्र राईको संयोजकत्वमा तेक्वान्दो प्रतियोगितामा भाग लिन नेपाल जान लागेका खेलाडीहरुलाई खादा ओढाएर शुभकामना दिइएको थियो ।

एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष पुनम गुरुंगले स्वागत मन्तव्य राखेकी थिइन् भने महासचिव बिनय अधिकारीले आफ्ना धारणा सहित हेल्थ एण्ड सेफ्टीको बारेमा अबगत गरेका थिए।