६ बैशाख २०८१, बिहीबार
Follow Us

छोरो गुमाएको दश वर्षपछि बीमा

नेपालब्रिटेन डट कम्
३ पुष २०७४, सोमबार १३:१०

खोटाङ । ऐसेलुखर्क गाउँपालिका–१ राखावाङ्देलका रत्नबहादुर जोगीले वैदेशिक रोजगारीमा गएको छोराको मलेसियामै मृत्यु भएपछि पाउने आर्थिक सहायताका लागि १० वर्षसम्म दौडधुप गर्नुप-यो ।
उहाँको छोरा खेमराजको २०६५ भदौमा काम गर्ने क्रममै मेसिनमा च्यापिएर मलेसियामाा मृत्यु भएको थियो । छोराको मृत्यु भएपछि मलेसियामा गरिएको बिमाबापतको रकम पाउन रत्नबहादुरलाई एक दशक लाग्यो ।
पाँच वर्ष अघि दिक्तेलमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सूचना तथा परामर्श केन्द्रको सहयोगमा रकम उपलब्ध भएको उहाँले बताउनुभयो । बीमाबापतको रकम रत्नबहादुरलाई रु दुई लाख ९३ हजार र उहाँकी श्रीमती सीतामायालाई रु दुई लाख ९३ हजार उपलब्ध गराएको केन्द्रकी परामर्शकर्ता अम्बिका दाहालले बताउनुभयो ।