१३ बैशाख २०८१, बिहीबार
Follow Us

म्यादीसँग अन्य प्रहरीको झडप

नेपालब्रिटेन डट कम्
३ पुष २०७४, सोमबार १३:१६

दोलखा । श्रम शोषण र पारिश्रमिकमा विभेद गरिएको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन् । पारिश्रमिक र खानामा विभेद गर्दै जिल्ला प्रहरी कार्यालयले सुरक्षामा खटिने म्यादीलाई ज्यामीको काम समेत लगाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सोमबार सदरमुकाम चरिकोटमा म्यादी प्रहरीले आन्दोलन गरेपछि प्रहरीले लाठी चार्ज गरेको छ । सो क्रममा म्यादी प्रहरी संगीता नेपालीसहित सातजना घाइते भएका छन् ।
घाइते संगीतालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । म्यादीहरुका अनुसार जिल्ला प्रहरी कार्यालयले आफूहरुको पारिश्रमिकबाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटेको आरोप लगाएका छन । खाना वापत प्रहरी जवानहरुबाट प्रतिछाक ६० रुपैयाँ काटेको जिप्रकाले म्यादीबाट भने ९५ रुपैयाँ लिएको उनीहरुको आरोप छ । महिला म्यादीहरुमाथि दुव्र्यवहार गरिएको गुनासो पनि उनीहरुको छ ।
पुरुष म्यादी प्रहरीले पनि पर्खाल लगाउने काममा लगाएको भन्दै विरोध जनाएका छन् । प्रहरीले अन्याय गरेको भन्दै दोलखामा कार्यरत करिब ७ सय ५० जना म्यादीहरु सडकमा उत्र्रेका हुन ।