१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चिनियाँ राष्ट्रपति नेपाल आउने तयारी

sarusaru
४ पुष २०७४, मंगलवार ०५:४०

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणमा आउने तयारी गरेका छन् । वाम गठबन्धनको नेतृत्वमा स्थीर सरकार बन्ने निश्चित भएपछि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी सुरु भएको हो ।

आगामी मार्चमा सी विदेश भ्रमणमा निस्किँदै छन् । सोही बेला उनी नेपाल पनि आउने सम्भावना छ । चीनको परराष्ट्र मन्त्रालयले सीले भ्रमण गर्ने देशहरुको सूचीमा नेपाललाई पनि राखेको जानकारी प्राप्त भएको भन्दै वाम गठबन्धनका शीर्ष नेताहरु उत्साहित छन् ।

माओवादी केन्द्रका एक शीर्ष नेताले पनि चिनियाँ राष्ट्रपति सी आगामी मार्चमा नेपाल आउने तयारीमा रहेकाले आफूहरु त्यसको आन्तरिक तयारीमा लागेको बताए । ति नेताले अनलाइनखबरसँग भने, ‘आगामी मार्चमा सी नेपाल आउने प्रारम्भिक तयारी भइरहेको जानकारी चिनियाँ पक्षले हामीलाई गराएको छ । हामी पनि आवश्यक तयारीमा छौं ।’

चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेतृत्वबाट नेपाल भ्रमण भएमा यसले राजनीतिक र कुटनीतिक वृत्तमा ठूलो अर्थ राख्ने भन्दै वाम गठबन्धन पनि भ्रमणलाई भव्यरुपमा सफल बनाउने वातावरण निर्माणका लागि सक्रिय छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा चिनियाँ राष्ट्रपति सी नेपाल आउने तयारी थियो । तर, राजनीतिक अस्थीरतालाई कारण देखाउँदै भ्रमण रद्ध भएको थियो ।

सी सन् २०१२ देखि चिनियाँ राष्ट्रपति छन् । उनी माओत्सेतुङ पछिकै शक्तिशाली नेता बनेका छन् ।

– अनलाइन खबरबाट ।