७ बैशाख २०८१, शुक्रबार
Follow Us

चिसोले तराईको जनजीवन अस्तव्यस्त

नेपालब्रिटेन डट कम्
४ पुष २०७४, मंगलवार ०७:१८

काठमाडौं । चारदिनदेखि राम्रोसँग घाम नलागेका कारण पर्सा, बारा लगायत मध्य तराईका जिल्लामा अत्यधिक चिसो बढेको छ ।चिसोका कारण कमै मानिसहरु मात्रै घर बाहिर निस्किरहेका छन् । बालबालिका र जेष्ठ नागरिकहरु चिसोबाट बढी प्रभावित भएका छन् । त्यस्तै बाहिर श्रम गर्ने श्रमिकहरुलाई चिसोले सताएको छ
तराईका जिल्लामा न्यानो कपडाको अभावमा गरीब विपन्न समुदायका जेष्ठ नागरिकहरुको वर्षेनी चिसोले कठ्याग्रिएर मृत्यु हुने गरेको छ ।तराईका गरीब र सीमान्तकृत समुदाय चिसोमा बढी प्रभावित हुने गरेका छन् । गरिबीका कारण चिसोबाट बच्न न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने ज्ञान नहुँदा बर्सेनी यसरी सर्वसाधारणको ज्यान जाने गरेको बताइन्छ ।यसवर्ष पनि चारदिनदेखि यस क्षेत्रमा घाम लागेको छैन् । चिसोबाट बच्न मानिसहरु ठाउँ ठाउँमा आगो तापेर बस्न थालेका छन् ।
हावामा पानीको मात्रा मिलेर गह्रौ हुने हुँदा पृथ्वीको सतहमै जमेर बसिदिने गर्छ जुन धुवा जस्तो देखिन्छ । त्यसलाई कुहिरो भन्ने गरिन्छ । त्योसँगै चिसो हावा चल्न थालेपछि त्यसलाई शीतलहरु भनिन्छ ।
शीतलहर नेपालको चुरे पर्वत भन्दा दक्षिणको भागमा देखा पर्ने गरेको छ । विशेष गरी पुस र माघ महिनामा चिसो बढी हुने गरेको छ ।
यसवर्ष पुषको पहिलो साताबाट नै तराईका जिल्लामा चिसो सुरु भएको छ । जसले गर्दा जनजीवन प्रभावित बनेको हो ।