१२ बैशाख २०८१, बुधबार
Follow Us

परिचयपत्र र झोला वितरण सुरु, ३ बजे उम्मेदवारको नोमिनेसन

नेपालब्रिटेन डट कम्
३० श्रावण २०७३, आईतवार ०५:११

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनका प्रतिनिधिहरुलाई आज बिहान ९ बजेदेखि मतदाता परिचयपत्र, झोलालगायतका सामग्री पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृतिभवनबाट वितरण गर्न थालिएको छ । प्रतिनिधिको संख्या थप्ने सहमति भएपछि विवाद मिलेको हो । ३२ सय प्रतिनिधि वृद्धि गरेर ३७ सय ५० पु-याइएको छ ।
महाधिवेशन प्रतिनिधिहरुले परिचयपत्र बुझ्न आउँदा आ–आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र साथमा लिएर आउन नेपाली काँग्रेसद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । धेरै दिनको विवादपछि हिजो राती निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो ।