१५ चैत्र २०८०, बिहीबार
Follow Us

समानुपातिको परिणाम राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी

नेपालब्रिटेन डट कम्
४ पुष २०७४, मंगलवार ०७:२१

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या टुंगो लगाई राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी भैरहेको जनाएको छ । सरकारले एकल संक्रमणीय बिधिद्धारा राष्ट्रिय सभाको गठन गर्ने अध्यादेश राष्ट्रपति समक्ष पेश गरेपछि दलहरुबीच दुरी बढेपनि आयोगले भने प्रतिवेदन तयारीको काम अघि बढिरहेको जनाएको हो ।
आयोगका प्रबक्ता नबराज ढकालले निर्वाचन आयोगले प्रतिबेदन निर्माणका लागि प्रक्रियागत कामहरु भईरहेको बताउँदै दलहरुको सिट निर्धारणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । आन्तरिक काम सकेर आयोगले दलहरुलाई समानुपातिकतर्फको सांसद चुन्न सात दिनको समयसीमा सहित पत्र पठाउने उहाँले बताउनुभयो ।
सो समयसीमापछि दलहरुबाट आउने पत्र आयोगले अध्ययन गरी रुजु गर्नेछ । त्यसमा केहि त्रुटि देखिए आयोगले सच्याउन आह्वान गर्दै दलहरुलाई ३ दिनको समय प्रदान गर्नेछ । दलहरुबाट सच्चिएर आएको पत्रका आधारमा समानुपातिक तर्फको सिट संख्या निर्धारण गरी आयोगले प्रतिवेदन तयार पार्ने प्रबक्ता ढकालको भनाई छ ।