१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चिनियाँ राष्ट्रपतिको नेपाल आउने तयारी यस्तो छ

नेपालब्रिटेन डट कम्
४ पुष २०७४, मंगलवार ०७:२४

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणमा आउने तयारी थालेको बताइएको छ। । वाम गठबन्धनको नेतृत्वमा स्थीर सरकार बन्ने निश्चित भएपछि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी सुरु भएको हो । आगामी मार्चमा सी विदेश भ्रमणमा निस्कने कार्यतालिका रहेको छ । सोही बेला उहाँ नेपाल पनि आउने सम्भावना छ ।
चीनको परराष्ट्र मन्त्रालयले सीले भ्रमण गर्ने देशहरुको सूचीमा नेपाललाई पनि राखेको जानकारी प्राप्त भएको बताइन्छ।
माओवादी केन्द्रका एक शीर्ष नेताले पनि चिनियाँ राष्ट्रपति सी आगामी मार्चमा नेपाल आउने तयारीमा रहेकाले आफूहरु त्यसको आन्तरिक तयारीमा लागेको बताएका छन ।’
चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेतृत्वबाट नेपाल भ्रमण भएमा यसले राजनीतिक र कुटनीतिक वृत्तमा ठूलो अर्थ राख्ने भन्दै वाम गठबन्धन पनि भ्रमणलाई भव्यरुपमा सफल बनाउने वातावरण निर्माणका लागि सक्रिय छ ।
यसअघि केपी शर्मा ओलीकै पालामा चिनियाँ राष्ट्रपति सी नेपाल आउने तयारी थियो । तर, राजनीतिक अस्थीरतालाई कारण देखाउँदै भ्रमण रद्ध भएको थियो ।