६ बैशाख २०८१, बिहीबार
Follow Us

एमाले शीर्ष नेताहरु अचानक केरुङ नाकामा

नेपालब्रिटेन डट कम्
४ पुष २०७४, मंगलवार ०९:३७

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र सुवास नेम्वाङ मंगलवार उत्तरी सीमा नाका रसुवागढी पुगेका छन् ।

दुई वर्षअघि नेपाल-चीन ऐतिहासिक पारवहन सन्धी र रेल्वे सम्झौता गरी आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा लोकप्रियता कमाएका ओलीले केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेल्वेलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका थिए ।

प्रधानमन्त्री बन्नुअघि उत्तरी नाका केरुङ नाका निरीक्षण गर्न ओली अचानक पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीको प्रधानमन्त्रीत्व कालमै नेपाल भ्रमणको तयारीमा रहेपछि सरकार परिवर्तनका कारण भ्रमण स्थगित गरेका चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्च महिनामा नेपाल भ्रमणमा आउने खवर आउनु र ओलीको केरुङ नाका निरीक्षणलाई जोडेर हेर्न थालिएको छ । ओलीसँगै एमाले महासचिव ईश्वर पोखरेल पनि छन् ।