८ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रपतिलाई दबाब दिएर होइन पद्दती र प्रक्रियाबाट मुलुक चलाउन पौडेलको अग्रह

नेपालब्रिटेन डट कम्
४ पुष २०७४, मंगलवार १०:०९

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेले प्रक्रिया र पद्दतीलाई स्वीकार गर्ने भन्दा पनि राष्ट्रपतिलाई अनावश्यक दबाब दिएर मुलुक चलाउन खोजेको आरोप लगाउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई धन्यवाद दिनक्रममा तनुहँका विभिन्न कार्यक्रम रहनुभएका पौडेलले एमालेले मुलुकमा पद्दतीको विकास गर्ने भन्दा पनि सधै पद्दतीलाई भत्काउन लागेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ‘लोकतन्त्रमा पद्दती र प्रक्रियाबाट मुलुक चलाउनुपर्छ । पद्दती र प्रक्रियावाट मुलुक संचालन भएन भने लोकतन्त्रीक सिष्टम पनि भत्कन्छ ।’
वरिष्ठ नेता पौडेलले राष्ट्रिसभा भनेको प्रतिनीधिसभा भन्दा पनि जिम्मेवार संस्था भएको उल्लेख गर्दै राष्ट्रियसभालाई नियन्त्रण र संतुलनको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभालाई नियन्त्रण र संतुलनको केन्द्र बनाउनका लागि एकलसंक्रमणीय मतका आधारमा राष्ट्रियसभाको निर्वाचन भएमात्र संभव हुने पौडेलको धारणा थियो । उहाँले भन्नुभयो–‘राष्ट्रियसभा भनेको प्रतिनीधिसभाबाट भएको त्रुटीहरुलाई पनि सच्याउन सक्ने र प्रतिनीधिसभाको असंतुलनलाई संतुलन कायम गर्न सक्ने संस्था बनाउनुपर्छ । बहुमतिय आधारमा निर्वाचन गरेर त्यो संतुलन र नियन्त्रण गर्ने संस्था बन्न सक्दैन् ।’
नेता पौडेलले दरवारिया र कम्युनिष्ट शक्ती नेपालका लोकतन्त्रका लागि सधै अफबसिद्ध भएको भन्दै संसदीय लोकतन्त्र नभएको धेरै मुलुकमा अधिनायकवादको जन्म भएको तर्क गर्नुभयो । उहाँले दरवारियार कम्युनिष्टहरुबाट सधै लोकतन्त्रप्रति घात भएकाले आम नेपालीले सचेत हुनुपर्ने बताउनुभयो ।
पौडेलले आफ्नो निर्वाचन क्षेत्र तनहुँ क्षेत्र नम्बर एकको सिम्पानी, ¥याले, पोखरीछाप, सम्जुर, बाँके, तल्लो सम्जुर, पर्केपसल, टुहुरेपसल लगायतका ठाँउमा पुगेर मतदातालाई धन्यवाद दिनुभएको थियो । पौडेलले नेपाली कांग्रेसको एउटा मात्रै लक्ष्य नेपाली जनताको आर्थिक उन्नती भएकाले कांग्रेसले गाँउ गाँउसम्म बाटो विजुली, शिक्षा, स्वास्थ्य संचारको विकासलाई महत्व दिएको बताउनुभयो । उहाँले भानु राजमार्गको कालोपत्रको काम आफुले सुरु गरेको र पुरा गर्ने जिम्मा पनि आफैले लिने प्रतिवद्धता जनाउनुभयो । पौडेलले कुनै बेला कृष्णप्रसाद भट्टराई हराउन उकास्नेहरुले अहिले तनहुँमा कांग्रेसलाई हराएको भन्दै पार्टीका कार्यकर्ताहरुले पार्टीले गरेका राम्रा कामको सकारात्मक विश्लेष्ण गर्न नसकेको बताउनुभयो । पौडेलले भन्नुभयो– ‘हामीले पार्टी गरेको राम्रा कामको सकारात्मक विश्लेषण गर्न सकेनौ, लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेसको गरेको कामलाई जनता समक्ष बुझाउन सकेनौ । कम्युनिष्टहरुले संविधान बनाउन सकेनन तर हामीले संविधान बनायौ । तर संविधान बनाएको बिषय जनतालाई बुझाउन सकेनौ ।’ पौडेललाई अधिकांश ठाँउमा कार्यकर्ताहरुले तनहुँमा कांग्रेस हारेको नभई हराइएको भन्दै दोषिहरुलाई कारवाही गर्नुपर्ने माग गरेका थिए ।