१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन नीति तथा कार्यविधी समितिको बैठक, यूकेबाट शर्मा मनोनित

नेपालब्रिटेन डट कम्
३० श्रावण २०७३, आईतवार १४:०६

लन्डन । गैरआवासीय नेपाली संघअन्र्तरगतको नीति तथा कार्यविधी समितिको बैठक सम्पन्न भएको छ । समितिका संयोजक तथा संघका महासचिव डा. बद्री केसीको अध्यक्षतामा आइतबार बसेको बैठकले नेपाल पत्रकार महासंघ यूके शाखाका पूर्वअध्यक्ष चिरन शर्मा र भुषण घिमिरे (जापान) लाई संघको नीति तथा कार्यविधी समितिमा मनोनय गरेको छ । गैरआवासीय नेपाली संघको मार्गदर्शन दिने सो समिति संघभित्र महत्वपूर्ण समितिअन्तरर्गत पर्छ ।
बैठकले गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको सेवा तथा सुविधाका सम्बन्धमा कार्यविधि निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकले समितिलाई अझ सशक्त बनाउने उद्देश्यले अगामी बैठकमा थप कार्यविभाजन गरेर अगाडी बढ्ने निर्णय भएको संयोजक डा. केसीले बताए ।
समितिलाई गैरआवासीय नेपाली संघको अभियानसम्बन्धी नीति निर्माण गरी केन्द्रीय समितिमा पेश गर्ने पूर्ण अधिकार रहेको छ । समितिमा विश्वभर छरिएका एनआरएन अभियानका विज्ञहरु समेटिएको छ । समितिको सल्लाहारमा डा. कुलचन्द्र गौतम, डा. गणेश गुरुङ र डा अम्बिका अधिकारी छन् ।