१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ग्रेटर रसमोरमा ओपन ब्याडमिन्टन टुर्नामेन्ट

नेपालब्रिटेन डट कम्
४ पुष २०७४, मंगलवार २१:३३

बाचस्पति रेग्मी । अल्डरसट। ग्रेटर रसमोर नेपाली ब्याडमिन्टन एसोसियशनले हालै अल्डरसटको ग्यारीसन जिममा प्रथम ग्रेटर रसमोर ओपन ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न गरेको छ । ९ डिसेम्वर २०१७ का दिन भएको सो टुर्नामेन्टमा १ सय ६ जना ब्याडमिन्टन खेलाडीहरूले विभिन्न इभेन्टमा भाग लिएका थिए ।

प्रतियोगितामा विजेताहरुलाई पुरस्कारस्वरुप ट्रफी र मेडलसँगै नगदसहितको व्यवस्था गरिएका थियो । सो प्रतियोगीतामा मेन्स सीङ्गलमा जुलिएन विजयी हुँदै गर्दा अतीत गुरुङ उपविजयी भए । मेन्स डबलमा सुवर्ण गुरुङ प्रथम, अतीत गुरुङ द्वित्तीय भए भने लोक थापा र नेत्र गुरुङ तृतीय भएका थिए ।

लेडिज सिङ्गलमा थु चोइ विजेताहुँदै गर्दा र बुद्धिसरा सुनुवार उपविजयी भइन् । लेडिज डबलमा थु चोइ र कमला लिम्बुको जोडी विजयी हुँदा मीरा लीम्बु र सरिता गुरुङको जोडी उपविजयी भएका थिए । यस्तै मिक्स डबलमा जस राई र थु चोइ विजयी भए भने दीपधन राई र बुद्धिसरा सुनुवार भएका थिए । मेन्स नोभिकमा प्रथम विवेक राईले जिते भने सरोज गुरुङ उपविजयी बने ।

भेट्रान डबलमा रिजन राई र गंगाराम राईको टीम प्रथम भयो भने अजीत राई र खेम लिम्बुको टीम दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । अन्तमा सुपर भेट्रान डबलमा देव थापा विजयी भए भने र जुन गुरुङ, देवकाजी गुरुङ र नेत्र आले उपविजयी भए । दर्शकहरूको भव्य उपस्थिती रहेको सो प्रतियोगितामा ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलवासे प्रमुख अतिथीको रूपमा विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।

पुरस्कार वितरण समारोहमा युकेएनविएका अध्यक्ष लोकजित गुरूङ, युकेएनविएका महासचीव अजित राई, युकेएनविएका सचिव श्रीमती बिमला लिम्बु, ननिटनका अध्यक्ष मेष गुरूङ, वरिष्ठ सल्लाहाकार नारायण कोने, सल्लाहाकार रामधन राई समेतको उपस्थिती थियो ।

सलिजा लिम्बु, डा. असीम, लोक थापा, यम सुनुवार र सुजन थापा रेफ्री रहेको उक्त प्रतियोगिता प्रथम पटक आयोजना भएको भए पनि उल्लासमय वातावरणमा सम्पन्न भएको थियो ।

आयोजक संस्था रहेको ग्रेट रसमोर ब्याडमिन्टन एशोसियसनमा स्थानीय खेलप्रेमी मोहन गुरुङ, राजेन्द्र गुरुङ र दिपचन राई संयोजक छन् । प्रतियोगितालाई अल्डरसटका व्यवसायीहरू गोरखा मोरगेज (तीन केस पानी सहित) र आसफोर्ड ब्याडमिन्टन क्लबका अध्यक्ष बिमला लिम्बुले १५० पाउण्ड, डाइनास्टी चाईनिज रेष्टुरेन्टका संचालक एवम स्टाफहरूले १२० पाउण्ड, श्रीमती जीवन लिम्बु, शेर सुनार भेटघाट रेष्टुरेन्ट, मुना राई हङ्कङ्ग र जीएनआरसी अध्यक्ष जीव वेलवासेले १०० पाउण्ड, निरमाया रोधीघर ५५ पाउण्ड, नमस्ते स्टोर्सले ५१ पाउण्ड, निर्मल शिरिष, चन्द्र राना, गोरखा किचेन, फेमसडोर र टेलर्स फर युले ५० पाउण्ड, जीएनआरसीका सदस्यहरूले ४० पाउण्ड, नमुना हेयर एण्ड ब्युटीले ३० पाउण्ड प्रदान गरी सहयोग गरेका थिए ।

प्रतियोगितालाई सरिता गुरुङ, डब्लुओएम स्टाफ, प्यालेस रेष्टुरेन्ट, युरोपा, बिक्रम, भानु गुरुङ, नर थापा, हरि शाही, प्रकाश गुरुङ, बिघ्दा गुरुङ, मनु गुरुङ र राजन गुरुङ लगायतका समाजसेवीहरुको समेत सौजन्य गरेका थिए । खेलमा सौजन्य गर्ने स्पोन्सरहरु, प्रमुख अतिथी लगायतका प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद दिएको थियो । यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिने कुरा आयोजक ग्रेटर रसमोर नेपाली ब्याडमीन्टन एसोसीयसनका संयोजक मध्येका एक मोहन गुरूङले बताए ।