१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रिय सभा विधयेकमा सहमति जुटाउन राष्ट्रपतिको आग्रह

नेपालब्रिटेन डट कम्
५ पुष २०७४, बुधबार ०७:२५

काठमाडौ । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रिय सभा विधेयकमा सहमति जुटाउन प्रमुख दलका नेतालाई आग्रह गरेकी छिन् । आज विहान शितलनिवासमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भएको भेटमा राष्ट्रपति भण्डारीले विधयेकमा सहमति खोजेर निकास दिन आग्रह गरेकी हुन ।
दुइ महिनासम्म विधयेक राष्ट्रपति कार्यालयमा रोकिनु राम्रो नभएको भन्दै नयाँ सरकार गठनका सन्दर्भमा पनि विधयेकले निकास पाउनुपर्ने भण्डारीले बताएको बुझिएको छ । राष्ट्रपतिलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता सुवास नेम्वाङ तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ बुधबार बिहान शितलनिवास पुगेका थिए।
भेटमा बाम गठवन्धनका नेताहरूले भने राष्टियसभा विधेयक सरकारले सहमति विपरीत एकलौटी रूपमा पठाएको भन्दै यथास्थितिमा पारित गर्नु नहुने सुझाब दिएका थिए । राष्ट्रिय सभा विधेयकमा दलहरूवीच विवाद चुलिएको समयमा राष्ट्रपतिले वाम गठवन्धनका नेतासँग परामर्श गरेकी हुन ।