७ बैशाख २०८१, शुक्रबार
Follow Us

मृग ठानेर गोली चलाउँदा महिला घाइते

नेपालब्रिटेन डट कम्
५ पुष २०७४, बुधबार ११:३९

काठमाडौं । काठमाडौँको टोखास्थित झोरको जंगलमा मृग ठानेर चलाएको गोलीबाट एक महिला घाइते भएकी छन् । आज दिउँसो शिकार खेल्न गएका चासेडाँडाका युवकहरुको एक समूहले झोरको जंगलमा मृग ठानेर गोली चलाउँदा झोरकी ३५ वर्षीया दुर्गा दुलाल घाइते हुनुभएको हो ।
महानगरीय प्रहरी परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले महिलालाई घाँस काट्न गएको बेला गोली प्रहार भएको जानकारी दिनुभयो । गोली प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकिएको छ । घाइते दुलालको उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा लगिएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।