१३ बैशाख २०८१, बिहीबार
Follow Us

सांसद सिलवाललाई पक्राउ गर्न प्रहरी परिचालन

नेपालब्रिटेन डट कम्
५ पुष २०७४, बुधबार १३:०९

काठमाडौं । ललितपुर १ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य नवराज सिलवाल विरूद्ध कागजात किर्ते गरेको मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीका पूर्वडिआइजी समेत रहेका सिलवालविरुद्ध काठमाडौं प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।
सर्वोच्च अदालतले सिलवालले आइजिपी बढुवाका सम्बन्धमा सर्वोच्चमा पेश गरेका कागजात किर्ते भएको भन्दै किर्ते गर्नेमाथि अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको हो । मुद्दा दर्तासँगै सिलवाललाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ । उनलाई पक्राउ गरेर थुनामा राखी अनुसन्धान गर्ने तयारी छ । यसअघि नै प्रहरीले गरेको आन्तरिक छानवीनमा सिलवालले कार्य क्षमता मुल्यांकन प्रतिवेदन सच्चाएको खुलेको थियो।