१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन यूकेको सय दिन

नेपालब्रिटेन डट कम्
५ पुष २०७४, बुधबार २१:१५

रमेश सराङकोटी, लण्डन । एनआरएन यूकेको वर्तमान सातौं कार्यसमितिको पहिलो सय दिन पूरा भएको छ । यही अवसरमा आइतबार डिसेम्बर १७ का दिन एक विशेष कार्यक्रम आयोजना गरिएको छ ।
अल्डरसटमा आयोजित सो कार्यक्रममा एनआरएन यूकेस्थित कार्यालयको समेत उद्घाटन भएको छ । एनआरएन यूकेका अध्यक्ष तथा कार्यक्रमका सभापति योगकुमार फगामी र कार्यक्रमका प्रमुख अतिथि तथा आइसिसी उपाध्यक्ष कुल आचार्यले संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका हुन् ।
एनआरएन यूकेको कार्यसम्पादन अबदेखि अल्डरसटको ९ ए हाई स्ट्रि«टस्थित सोही कार्यालयबाट सञ्चालन गरिने बताइएको छ । त्यस अवसरमा बेलायतबाट हालै आइसिसीको सल्लाहकार मानार्थ परिषद् सदस्य तथा कोअप आइसिसी सदस्यमा मनोनित हुनेहरूलाई सम्मान गरियो ।
त्यस्तै, एनआरएन यूकेको कोअप सदस्यमा मनोनीत हुने सदस्यहरूलाई प्रमाणपत्र पनि वितरण गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, सल्लाहकार सुरेन्द्र श्रेष्ठ, एनआरएन यूकेका पूर्वअध्यक्षद्वय सूर्य गरूङ र मुछेत्र गुरूङ, आइसिसी सदस्य रामशरण सिंखडालगायतले सातौं कार्यसमितिले सय दिन पूरा गरेकोमा बधाई दिदै बँकी कार्यकालका लागि शुभकामना दिए ।
सल्लाहकार श्रेष्ठले दोहोरो नागरिकताको मुद्दासम्बन्धी जानकारी गराउनुका साथै सबै यसका लागि एकजुट भएर अगाडि बढेमा अवश्य जित हासिल गर्ने बताए ।
पूर्वअध्यक्ष सूर्य गरूङले संघमा सबै सकारात्मक भई अघि बढनुपर्ने र सके राम्रा काममा सबैले सहयोग गर्ने अन्यथा कसैलाई नराम्रो नगर्ने परिपाटीको विकास गर्नुपर्ने बताउदै संघले विगतमा धेरै राम्रा कामहरू गरेको र नेपाल हाउसको प्रोजेक्टलाई अगाडी बढाउन सुझाव दिए ।
त्यसैगरी निवर्तमान अध्यक्ष मुछेत्र गुरूङले संस्था संचालन गर्ने क्रममा कैयांै पटक ‘फ्रस्टेसन हुन सक्ने तर सबैलाई समेट्दै निरन्तर शान्त भई अगाडि बढ्नुपर्ने बताएका थिए ।
तमु धीं यूके अध्यक्ष ज्ञाम गुरूङले एनआरएनएको सबै राम्रा कामहरूमा आफ्नो संस्थाले सहयोग पु¥याएको तथा भविष्यमा पनि सधै सहयोग गर्ने जानकारी गराए ।
सिंखडाले आफू कहिले पनि पदलोलुप नरहेको तर आफूलाई आएको जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्ने हुदा केन्द्र तथा एनआरएन यूकेबीच आफू सेतुका रूपमा काम गर्ने जनाए ।
उपाध्यक्ष आचार्यले एनआरएन यूकेले सधै नै उदाहरणीय कार्य गर्दै आएको र यो नंया टीमको उत्साहबाट आफु प्रभावित भएको तथा केन्द्रमा आफू उपाध्यक्ष भएता पनि बेलायतमा साधारण सदस्यसरह कार्य गर्न सधै उत्सुक रहेको बताए । एनआरएनए यूकेको डिजिटल एनआरएनए अवधारणलाई अगाडि बढाउन अनुरोध गर्दै आफ्नो तर्फबाट सबै प्रकारको सहयोग रहने जानकारी गराए ।
अध्यक्ष फगामीले बेलायतवासी नेपालीहरूको ग्रास रुटसम्मै पुगेर संस्थालाई सबैको साझा बनाउने आफ्नो लक्ष्य दोहो¥याए ।
सो अवसरमा एनआरएन यूकेका प्रवक्ता रमेश सराङकोटीले १ सय दिनको उपलक्ष्यमा प्रकाशित हुन लागेको विशेषाङ्कको बारेमा प्रस्तुतीकरण दिएका थिए । पत्रिकामा प्रकाशन गर्न लागिएको आठ पेजको यस विशेषाङ्क बेलायतमा रहेका नेपाली मिडियालाई आर्थिक रूपमा सक्षम बनाउने एक प्रयोग भएको बताए ।
झण्डै दुई सयको हाराहारीमा रहेका नेपाली संघ संस्थाले आफ्नो सय दिनको विशेषाङ्क वा आफ्नो वार्षिक अधिवेशनको विशेषाङ्क प्रकाशन गर्ने परम्परा बसेमा यसले बेलायतमा रहेको नेपाली पत्रकारीताको दिगो विकासमा कोशे ढुङ्गा सावित हुने जनाए । प्रवक्ता सरांगकोटीले संस्थाका हाल सम्मको कार्यहरुको विवरण, भावी योजना र कार्यक्रमबारे समेत बताएका थिए ।
एनआरएन यूकेलाई वेबिनारको माध्यमबाट अनलाईन बैठकहरू संचालन गर्ने, भविष्यमा इ–भोटिङ्गको लागि तयारी, ईलेक्ट्रोनिक परिचयपत्र सहित डिजिटल एनआरएनको विकास गर्ने कामको सुरूवात भएको जानकारी दिए ।
उपाध्यक्ष प्रेम गाहा मगरले च्यारिटी विभागका भावी कार्यक्रमहरूको योजना प्रस्तुत गरेका थिए । अर्का उपाध्यक्ष ललित न्यौपानेले राज्य तथा क्षेत्र समन्वय विभागका कामहरू आगामी दुई महिनामा गरिने कार्यक्रममा जानकारी गराए ।
उपाध्यक्ष शेर सुनारले सबै सदस्यहरूलाई परिचयपत्र पोष्ट मार्फत् वितरण गरिसकिएको र कसैले नपाएको अवस्थामा सम्पर्क गर्न अनुरोध गर्दै एनआरएन आईसीसी अध्यक्ष भवन भट्ट बेलायत आउने तयारीका बारेमा जानकारी गराए । त्यसअवसरमा एनआरएन यूकेका पूर्व उपाध्यक्ष राष्ट्र राईको संयोजकत्वमा तेक्वान्दो प्रतियोगितामा भाग लिन नेपाल जान लागेका खेलाडीहरूलाई खादा ओढाएर सफलताको शुभकामना दिइएको थियो । विगतका वर्षहरू देखि यूवा शसक्तिकरण गर्नका लागि यस कार्यक्रमलाई संघले आर्थिक सहयोग गर्दै आईरहेको छ ।
एनआरएन यूकेको यस्तो प्रकारको कार्यक्रम पहिलो भएको हुदा सबै अभियन्ता तथा अग्रजको हौसला र शुभकामनाले आफ्नो कार्यसमिति थप उत्साहित भएको तथा संघको सचिवालयबाट अबदेखि निरन्तर सेवा प्रदान गरिने भन्दै सबै संघ–संस्था तथा एनआरएनका अभियन्तालाई अध्यक्ष फगामीले धन्यवाद दिए ।
महासचिव आरके त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा हेल्थ एण्ड सेफ्टी उपमहासचिव विनय अधिकारीले तथा उपाध्यक्ष पुनम गुरूङले स्वागत मन्तव्य राखेकी थिइन् ।