१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कांग्रेस संसदीय दलको नेतामा गगन थापाको नाम प्रस्ताव

नेपालब्रिटेन डट कम्
६ पुष २०७४, बिहीबार ०१:४७

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताहरुको युवा नेता गगन थापालाई संसदीय दलको नेताको रुपमा प्रस्ताव गरेका छन् । बुधवार काठमाण्डौंमा सम्पन्न भेलामा अर्का युवा नेता धनराज गुरुङले थापालाई दलको नेता बनाउनु पर्ने प्रस्ताव गरेका हुन् । भेलामा धनराज गुरुङले पार्टी सक्षम र सुदृढ बनाउन जनविश्वास आवश्यक रहेको भन्दै आफुहरुले विश्वासको मत जुटाएरै छाड्ने बताए ।

भेलाको अगुवाई गरेका नेता चन्द्र भण्डारीले पार्टी सुदृढीकरण पहिलो प्राथमिकता रहेको बताए । उनले भने, ’हामी सबैको एउटै मत छ । हामी पार्टीलाई पुनर्जीवन दिन्छौँ ।’

भेलामा कांग्रेस नेता चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ् र रामहरि खतिवडा लगायत नेताहरु एकसाथ थिए । उनीहरुले आफुहरुभित्रै नेतृत्व लिन तयार भएका व्यक्तिलाई कसैले अवरोध नगर्ने र दृढताकासाथ अघि बढ्ने प्रतिवद्धता जनाए थिए ।

कांग्रेस नेता चन्द्र भण्डारीको पहलमा भएको भेलामा कांग्रेसका जनप्रिय नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, रामहरि खतिवडा लगायत नेताहरु सहभागि भए । यस्तै, कुन्दन काफ्ले लगायत विद्यार्थी नेता पनि भेलामा सहभागि भए ।

काँग्रेस केन्द्रीय सदस्य एवं काठमाडौं ४ वाट निर्वाचित प्रतिनिधिसभा सदस्य गगन थापाले आफुहरुलाई अब पार्टी पार्टी पुनर्जागरण गर्ने जिम्मेवार पंक्ति भनेका छन् ।

काठमाडौँमा प्रभावशाली नेताहरुबीचको छलफलपछि थापाले भने, ‘हामी युवा नेता मात्र होईनौं पार्टी पुनर्जागरणको संकल्प गर्ने जिम्मेवार पंक्ति हौं ।’

छलफलमा उनीहरुले अहिले काँग्रेसले पाएको जनमतको सम्मान गरेर जिम्मेवार भई जनउत्तरदायित्व बहन गर्ने समेत प्रण गरेका छन् ।