७ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा आउने

नेपालब्रिटेन डट कम्
६ पुष २०७४, बिहीबार ०२:४८

लण्डन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत आउने भएका छन्।

अमेरिकाको राष्ट्रपति कार्यालयका प्रवक्ता सराह सनडरसले बेलायतका प्रधानमन्त्री थेरेसा मेको निमन्त्रणालाई ट्रम्पले स्वीकार गरेको बताएका छन्।

ट्वीटरको विषयमा यी दुई नेताबीच भएको विवादपछि पहिलो पटक मङ्गलबार बिहान यी दुई नेताबीच वार्ता भएको पनि ह्वाइट हाउसले जानकारी दिएको छ।

उनीहरूले एक आपसमा क्रिशमस र नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै मध्यपूर्वमा शान्ति स्थापनाका लागि आगामी दिनमा चाल्ने कदमका बारेमा पनि छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ।

ह्वाइट हाउसका प्रवक्ताले भ्रमणका लागि मेले दिएको निमन्त्रणालाई “स्वभाविक र अपेक्षित” भनेका छन्।

यस भ्रमणका क्रममा ह्वाइट हाउसले घोषणा गर्ने अपेक्षा गरिएका विषयलाई अन्तिम रूप दिने काम अहिले भइरहेको पनि जनाएको छ। रासस/सिन्ह्वा