७ बैशाख २०८१, शुक्रबार
Follow Us

४० लाख पर्ने सुन १० लाखमा किन्न खोज्दा यसरी ठगिए

sarusaru
६ पुष २०७४, बिहीबार ०४:२२

काठमाडौं । १ किलो सुन १० लाखमा किन्न खोज्दा एक व्यक्ति ठगिएका छन् ।

करिब ४० लाख रुपैयाँ पर्ने उक्त सुन नौसाद अलीलाई सस्तोमा सुन बेच्ने भनेर एक समूहले नाटकीय शैलीमा १० लाख रुपैयाँ ठगी गरेको हो ।

ठगीमा संलग्न समूहका सिन्धुपाल्चोक बलेफीका निर बहादुर तामाङ र तुल बहादुर तामाङलाई प्रहरीले केही दिनअघि पक्राउ गरेको छ ।

उनीहरुले १० लाख रुपैयाँमा एक किलो सुन बिक्रि गर्ने भन्दै अलिलाई सुनजस्तै देखिने धातुको ढिक्का दिएर ठगी गरेको महानगरीय अपराध महाशाखाका एसपी उमाशंकर पञ्जियारले बताए ।

एक किलो सुनको करिब ४० लाख रुपैयाँ पर्दछ । आफुहरुसँग अवैध सुन भएको र १० लाखमा बेच्ने भन्दै प्रलोभनमा पारेका थिए । सोही अनुसार गत मंसिर १ गते भक्तपुरको राधे राधेनजिकै सुन किन्न बोलाएका थिए । रुमालमा बाँधेर सुनजस्तै धातु दिएर भागेका थिए ।

सुन भनेर किनको ढिक्का अन्य धातु भएको खुलेपछि उनले प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले दुई अभियुक्तलाई मंगलबार पक्राउ गरेको हो ।