११ बैशाख २०८१, मंगलवार
Follow Us

गम्भीर मुद्दा लागेका नेपालीलाई सफाइ

नेपालब्रिटेन डट कम्
६ पुष २०७४, बिहीबार ११:३०

काठमाडौं । मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ । त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उहाँलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।

मलेशियामा लागुऔषध मुद्दामा मृत्युदण्ड हुने कानुनी प्रावधान छ । नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानून व्यवसायीसँग निरन्तर समन्वय एवं परामर्श गरी नेपालीको पक्षमा अदालतमा लडेको थियो ।

उहाँ हिजै नेपाल फर्कनुभएको उक्त दूतावासले जनाएको छ । नेपाल सरकारको खर्चमा उहाँ स्वदेश फर्कनुभएको हो । हिजै सिरहाका किसुनदेव महतो पनि नेपाल सरकारकै खर्चमा स्वदेश फर्कनुभएको छ ।
विगत २ वर्षदेखि उहाँ मलेशियाको घर फिर्ती केन्द्रमा बिना रोजगारी बस्न बाध्य हुनुभएको थियो ।