१३ बैशाख २०८१, बिहीबार
Follow Us

बाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक भोलि

नेपालब्रिटेन डट कम्
६ पुष २०७४, बिहीबार ११:३३

काठमाडौं । बाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ । बैठकले पार्टी एकताको आधार तयार पार्ने बताइएको छ । निर्वाचन लगतै पार्टी एकता गर्ने घोषणा गरेका यी दुई वाम दलका शीर्ष नेता सम्मिलित समितिले पार्टी एकता गर्ने विषयमा ठोस योजना अघि सार्ने बताइएको छ । मतदाता र कार्यकर्ताबाट समेत पार्टी एकताको विषय अनुमोदन भएको भन्दै गम्भीरता पूर्वतक अघि बढ्ने नेताहरुले बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत एक कार्यक्रममा अब एमाले र माओवादी केन्द्र नरहने भन्दै अलग नाम सहितको नयाँ पार्टी बन्ने खुलासा गर्नुभएको थियो । पार्टी एकता समितिमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेता छन् । एमाले र केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकताको सहमति सार्वजनिक भएको थियो । दुवै पार्टीका नेताहरुले नयाँ सरकार गठन र एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताउँदै आएका छन् ।