१५ बैशाख २०८१, शनिबार
Follow Us

काँग्रेस पार्टी कार्यालयमा झडप

नेपालब्रिटेन डट कम्
३० श्रावण २०७३, आईतवार १४:३९

काठमाडौं । नेविसंघको महाधिवेशन स्थगित गर्नुपर्ने भन्दै नाराबाजी गर्ने क्रममा प्रहरी र असन्तुष्ट विद्यार्थी समुहबीच झडप भएको छ । प्रतिनिधि विवादका कारण एक सातापछि धकेलिएको नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै नेपाली काँग्रेस पार्टी कार्यालयमा झडप भएको हो ।
शनिबार सार्वजनिक भएको ३ हजार ७ सय ६० प्रतिनिधिको नाममा झण्डै ३ सय नाम फर्जी भएको भन्दै अध्यक्षका उम्मेदवार मनोजमणी आचार्यको समूहले पार्टी कार्यालयमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा दुई समुहबीच झडप भएको हो । शनिवार निर्वाचन गर्न नेपाली कांग्रेसले नेता प्रकाशशरण महतको संयोजकत्वमा महाधिवेश निर्देशक समितिले प्रतिनिधिको नाम सार्वजनिक गरेको थियो ।
समितिले आज बिहान ९ बजेदेखि मतदाता परिचयपत्र लगायत सामग्री पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवनबट वितरण गर्ने तयारी गरेको थियो । समितिले निर्वाचन तालिका सार्वजनिक गरे पनि त्यो तालिका अनुसारका काम भने हुन सकेको छैन । विवाद बढेपछि महाधिवेशनको सम्पूर्ण काम भोली बिहान ११ बजे सम्मका लागि सुचना टाँस गरेर स्थगित गरिएको छ ।