१५ बैशाख २०८१, शनिबार
Follow Us

देउवाले अहिले सरकार छोड्दै छोड्नु हुन्न : डा. महत

नेपालब्रिटेन डट कम्
६ पुष २०७४, बिहीबार ११:५२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्तुत गरेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्नुपर्ने बताएका छन् । उक्त अध्यादेश तत्काल स्वीकृत नगरे मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने भन्दै उनले चिन्ता व्यक्त गरे ।
महतले निर्वाचन आयोगले मत गणना गर्न सजिलो हुन्छ भनेर बुहमतीय संक्रमणीय व्यवस्थाको कुरा उठाएकोप्रति टिप्पणी गर्दै भने, ‘कसैको सजिलोको लागि बहुमतीय संक्रमणीय पद्धती हुँदैन, संविधानमा कहाँ लेखेको छ त ? अहिले बहुमत ल्याएकोले एमालेले अहंकार देखायो, बरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले सहमति खोज्ने कुरा गर्नुभएको छ, तर एमाले अध्यक्ष केपी ओलीजीले त हामीले जे चाहन्छौं अब त्यही हुन्छ भन्दै हुनुहुन्छ, यो अहंकार हो ।’
स्थानीय तहको परिणाम आइसकेपछि कांग्रेसले एकल संक्रमणीय व्यवस्थाको गर्यो भनेर आरोप लगाउनु नै गलतभएको उनको तर्क थियो । उनले थपे, ‘अहिले हाम्रो ठाउँमा एमाले–माओवादी केन्द्र हुन्थे भने राष्ट्रपतिले किन अध्यादेश स्वीकृत नगरेको भनेर नारा र जुलुस निस्किन्थ्यो ।’
महतले हिजो सरकारले अध्यादेश पेश गर्दा ताकादलहरुवीच सहमतिखोज्नुहोस् भनेर किननभनेको भन्दै प्रश्न समेत उठाए । उनले भने, ‘राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव जोडिएर बस्नु हुँदैन, उहाँले अध्यादेश रोक्न मिल्दैन, हामी त भन्दैछौं कि राष्ट्रपति विवादमा आउनुहुँदैन्, उहाँले तत्काल विद्येयक स्वीकृत गर्नुपर्छ, हामी बडो विनम्रसँग अनुरोध गर्दैछौं ।’
उनले आफूहरुलाई सरकारमा बसिरहने रहर नै नभएको जिकिर गरे । उनले भने,‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि हामी सरकार छाड्छौं, संविधानलाई लत्याएर देश चल्छ ?’ उनले अहिले प्रधानमन्त्री देउवाले राजिनामा नदिने जिकिर गर्दै भने, ‘उहाँले अहिले सरकार छोड्दै छोड्नु हुन्न ।’
उनले राष्ट्रपतिले जित उक्त अध्यादेश रोक्यो उति नै मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने बताए । महतले थपे, ‘यो अध्यादेश लैजाँदै गर्दा माओवादी केन्द्र जो अहिले पनि सरकारमै छ, उहाँहरुको असहमति थिएन्, यसबारेमा माओवादी केन्द्रको नेतृत्वले स्पष्ट दृष्टिकोण दिनुपर्छ ।’
उनले वाम गठबन्धनले ५ वर्ष होईन ५० वर्ष शासन गर्छु भनेको उल्लेख गर्दै भने,‘सक्नेसम्म चलाए हुन्छ, उहाँहरुले ५० वर्ष त के ?पाँचवर्ष पनि चलाउन सक्दैनन्, कांग्रेस कुनै दलभन्दा कमजोर छैन ।’
पार्टी सभापतिलाई हटाउँछु भनेर केहीयुवा नेताहरुले अभिव्यक्ति दिएका छन् निभनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले थपे, ‘कसैले टिप्पणी गर्दै हिँडेर हुन्छ त ? सस्तो लोकप्रियताको पछि लाग्नु हुँदैन्, पार्टीका बारेमा कुरा राख्ने आफ्नै फोरम छ, हामी कमजोर छैनौं, अब पार्टीलाई आधुनिक शैलीमा अघि बढाउनुपर्छ, यसबारेमा केन्द्रिय कार्य समितिमा बृहत्त छलफल हुन्छ ।’
उनले पार्टी सभापतिको विकल्पखोज्छौं भनेर हिँड्नु उत्ताउलो टिप्पणी भएको स्पष्ट पारे । उनले भने, ‘जसले जे भने पनि अब आधारसहित प्रस्तुत हुनुपर्छ, एक अर्कालाई दोषारोपण गरेर हुँदैन्, तर्कको वजन हेरेर विश्लेषण हुन्छ, सामूहिक रुपमा छलफल गर्नुपर्छ।’
नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने माँग गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता सापकोटाले प्रधानमन्त्री देउवाले तत्काल राजिनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्री देउवाजीको एउटै राजिनामाले अहिलेको गत्यारोधको निकास दिन्छ, राजिनामा दिन उहाँले किन ढिलाई गर्नुभएको छ, हामीले बुझ्न सकेको छैन, नयाँ जनमतको सम्मान गर्दै राजिनामा दिँदा नै कांग्रेसको पनि भलो हुन्छ, राजिनामा दिनजति ढिलाई हुन्छ त्यति नै कांग्रेसलाई घाटा हुन्छ ।’
नेता सापकोटाले राष्ट्रियसभासम्बन्धी निर्वाचनको बारेमा पहिल्यै नै बुहमतीय संक्रमणीय व्यवस्थाको आधारमा जाने सहमति भएको दाबी गरे । उनले थपे, ‘निर्वाचनआयोग, तत्कालिन सरकार र संसदको राज्यव्यवस्था समितिमा पनि राष्ट्रियसभाको निर्वाचनसम्बन्धी बहुमतीयकै आधारमा जाने सहमतिभएको थियो, अहिले आएर यसरी बेखडा झिक्नुहुँदैन थियो, नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक हुँ भन्ने पार्टीले यस्तो काम गर्नु गलत भयो ।’
नेकपा एमालेका नेता पार्वत गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने बताए । उनले भने, ‘अहिलेको जनमतलाई सम्मान गर्दै उहाँले राजिनामा दिनुपर्छ, तर अहिलेको सरकार सत्ता लम्ब्याएर अस्थिरतातर्फ जान खोजेको हो कि भन्ने आभाष हुन थालेको छ ।’
नेता गुरुङले वाम गठबन्धनलाई जनताले स्थिरता र विकासको लागिमतदिएको भन्दै सोहीअनुसार अब बन्ने सरकारले कामगर्ने समेत विश्वास दिलाए । उनले भने,‘सबैलाई सहमतिमा लिएर सरकार अघि बढ्छ, कांग्रेसले अब पाँचवर्ष कम्युनिष्टको सरकार हेरेर बस्छ ।’
दोलखाबाट लोकप्रिय मत हाँसिल गरेर विजयी भएका नेता गुरुङले एमाले–माओवादी केन्द्रवीच पार्टी एकता हुने भन्दै अबको प्रधानमन्त्री केपी शर्मा ओली नै बन्ने पक्का भैसकेको स्पष्ट पारे । उनले थपे, ‘प्रधानमन्त्रीको बन्छ भन्नेबारे अबकुनै अलमल छैन, ओलीजी नै प्रधानमन्त्री बन्नु हुन्छ, पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष बन्नुहुन्छ ।’ उनले प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्दा कुनै आपत्ति नहुने समेत जिकिर गरे ।
उनले दुई पार्टीवीच एकता हुँदैन किभनेर प्रचार गर्नु गलत भएको समेत स्पष्ट पार । ‘भोलिबाट एकताको लागि छलफल शुरु हुँदैछ, अब पनि एकता हुँदैन भन्नु जनताको मत विपरित हुन्छ’ उनले भने, ‘जसले एकता मान्दिन भन्छ उ सिद्दिन्छ ।’