११ बैशाख २०८१, मंगलवार
Follow Us

यौन शोषणको आरोपश्चात बेलायतका उपप्रधानमन्त्रीद्वारा राजीनामा

नेपालब्रिटेन डट कम्
६ पुष २०७४, बिहीबार २३:१८

लण्डन – महिला सहकर्मीमाथि यौन शोषण गरेको आरोप लागेका बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले पदबाट राजिनामा दिएको घोषणा गरेका छन्।

उनलाई अदालतले छानबिन पश्चात दोषी प्रमाणित गरेको थियो । उनीमाथि सन् २००८ देखि नै महिला सहकर्मीलाई यौन शोषण गरेको आरोप लागेको थियो । बिहीबार बेलायती प्रधानमन्त्री टेरिजा मेले उनको राजीनामा स्वीकृत गरेकी छिन्।

छानबिनका क्रममा ग्रिनले महिला सहकर्मीलाई अश्लील भिडियो पठाएकाे पाइएकाे थियो । उनले सन् २००८ देखि २०१५ सम्म उनकी महिला सहकर्मीमाथि यौन शोषण गरेको खुलासा समेत भएको छ।

अमेरिकाको द न्युयोर्क टाइम्सले हलिउड फिल्म निर्माता हार्वी वाइन्टिनले थुप्रै नायिका एवं महिलाहरूमाथि यौन दुर्व्यवहार गरेको समाचार प्रकाशित गरेपछि पछिल्लो समयमा यौन दुर्व्यवहार गरेको आरोप खेप्ने सार्वजनिक व्यक्तित्वहरूको संख्या बढ्दै गएको छ