६ बैशाख २०८१, बिहीबार
Follow Us

दक्षिण कोरियाको एक भवनमा आगलागी हुँदा २९ को मृत्यु, २६ जना घाइते

sarusaru
७ पुष २०७४, शुक्रबार ०२:४५

काठमाडौं । दक्षिण कोरियाको जोसेन सहरमा रहेको एउटा भवनमा आगलागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने २६ भन्दा बढी घाइते भएका छन् ।

राजधानी सोलदेखि झण्डै १ सय ७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो ।

आगलागी भएको भवनमा व्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सञ्चालनमा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।

मृत्यु भएकामध्ये सबैजना भवनको दोस्रो तलामा रहेकोे अधिकारीहरुले बताएका छन् । उनीहरु सबैजना घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए ।

आगलागीमा परी घाइते २६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । धुँवाले निसास्सिएकै अवस्थामा उनीहरुलाई अस्पताल पर्याइएको हो ।

घाइतेहरुको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् ।

आगलागी स्थानीय समयानुसार दिँउसो ३ः५३ बजे भएको थियो । आगलागी भए लगत्तै ५० ओटा अग्नी नियन्त्रक यन्त्र, ६० जना अग्नी नियन्त्रक र हेलिकोप्टर आगलागी नियन्त्रण गर्न र पिडितहरुलाई उद्धार गर्न खटाइएको थियो ।

उनीहरुले बेलुका ५ः४० मा मात्रै आगो नियन्त्रणमा लिन सकेका थिए ।

– अनलाइन खबरबाट ।