१३ बैशाख २०८१, बिहीबार
Follow Us

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

sarusaru
७ पुष २०७४, शुक्रबार ०३:०६

पुस– रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गाउँपालिका वडा नं ६ को झारेमारे लेकबाट नदुवातर्फ आइरहेको लु २ त ५०७४ नंको ट्याक्टर दुर्घटना हुँदा चालक बाँफिकोट–७ का २३ वर्षीय निमे कुसारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी ट्याक्टर साहु सोही ठाउँका ३५ वर्षीय तिले खत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरेन्द्रकुमार स्वाँरले बताए । घाइते खत्रीको स्थानीय मेडिकलमा सामान्य उपचार गरेर थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ ।
– रासस