१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनको लगानी शेयर बजारमा आउने

नेपालब्रिटेन डट कम्
७ पुष २०७४, शुक्रबार ०३:१८

गैरआवासीय नेपाली संघ (एनआरएन)ले नेपालको शेयर बजारमा लगानी गर्ने भएका छन ।
गत मंगलबार नेपाल धितोपत्र बोर्ड र एनआरएनएका प्रतिनिधिबीचमा भएको छलफलमा नेपालको पूँजी बजारमा लगानी गर्न एनआरएनएले चासो देखाएको बोर्डले बताएको छ ।

बोर्डका पदाधिकारीसँगको छलफलमा शेयर बजारमा लगानी गर्न कानुनी प्रक्रिया सहज बनाउन आग्रह गरिएको एनआरएनएका पूर्व अध्यक्ष जिवा लामिछानेले जानकारी दिए ।

संघका अध्यक्ष भवन भट्ट र पूर्व अध्यक्ष जिबा लामिछाने सहितको ११ जनाको टोलीले बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलगायतसँग छलफल भएको लामिछानेले बताए ।

छलफलमा एनआरएन प्रतिनिधिले शेयर बजारमा व्यक्तिगत र संस्थागत दुबै तर्फको लगानीका लागि कानुन सहज बनाउन आग्रह गरेका थिए । एनआरएनएका प्रतिनिधिहरुले व्यक्तिगतभन्दा पनि इन्भेष्टमेन्ट कम्पनी खोलेर शेयर बजारमा लगानी गर्ने प्ररम्भिक छलफल भएको लामिछानेले जानकारी दिए ।

नेपालमा अन्य धेरै क्षेत्रमा गैरआवासीय नेपालीहरुको लगानी विभिन्न प्रकारले आएको छ, अब शेयर बजारमा पनि एनआरएनएको संस्थाको पहलमा नै संस्थागत रुपमा लगानी ल्याउने पहल हुने लामिछानेले बताए ।

बोर्डले यस अघि पनि गैर आवासीय नेपालीलाई पुँजी बजारमा प्रवेश गराउन बोर्डका प्रवक्ता निरज गिरिको संयोजकत्वमा अध्ययन समिति समेत बनाएर छलफल अगाडि बढाएको थियो । हाल केहि एनआरएनएले शेयर कारोबारका लागि डिम्याट खाता समेत खोलि सकेको सिडिएसको रेर्कडमा देखिएको छ ।