१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पाँच दलको बैठक बालुवाटारमा

नेपालब्रिटेन डट कम्
७ पुष २०७४, शुक्रबार ०६:२१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको प्रमुख पाँच दलको बैठक बालुवाटारमा अहिले शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसहितको बैठक शुरु भएको हो ।

पछिल्लो राजनीतिक गतिविधिका बारेमा छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलको बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी बैठकमा राष्ट्रपति कार्यालयमा रहेको राष्ट्रियसभा निर्वाचन अध्यादेश विषयलगायत अन्य राजनीतिक मुद्दामा छलफल हुने बुझिएको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेताहरुको सहभागिता छ ।