१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रमुख पाँच दलको बैठक निस्कर्षविहिन

नेपालब्रिटेन डट कम्
७ पुष २०७४, शुक्रबार ०८:२५

काठमाडौं । राष्ट्रिय सभाको गठन बिधयेक राजनीतिक सहमतिका आधारमा टुग्याउन प्रमुख दलहरु सहमत भएका छन् । प्रधानमन्त्री शेरवहादुर देउवाको आब्हानमा आज बालुवाटारमा भएको सर्वदलीय बैठकमा एमाले, कांग्रेस, माओवादी र मधेस केन्द्रित दलहरु सहमतिबाटै विधेयकलाई टुंगो लगाउन तयार भएका हुन । बैठकमा कांग्रेसले राष्ट्रपतिकोमा अडकिएको विधयेक पारित हुनुपर्ने र एमाले–माओवादीले फिर्ता हुनुपर्ने अडान राखेका थिए । दुबैका अडानका कारण बैठक निस्कर्षमा नपुगेपछि छलफललाई जारी राख्दै सहमतिको प्रयास गर्ने निर्णय दलहरुले गरेका हुन ।
राष्ट्रिय सभा विधयेक अघि नबढदा नयाँ सरकार गठनमा समेत जटिलता देखिएपछि प्रधानमन्त्रीले निर्वाचनमार्फत राष्ट्रिय दल बन्न सफल पाँच दलको बैठक बोलाएका थिए । बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसम्म पुगिसकेको अध्यादेशलाई पारित गर्नका लागि सघाउन अन्य दलसमक्ष आग्रह गरेका थिए । एमाले र माओवादीले भने अहिलेको अध्यादेश फिर्ता लिई सहमतिमा अर्को अध्यादेश लैजान आग्रह गरेको बैठकमा सहभागि नेताल जानकारी दिए ।
दुबै पक्ष आ–आफ्नो अडानमा रहेपछि छलफललाई निरन्तरता दिने भन्दै नेताहरु बैठकबाट बाहिरिएका थिए । छलफलमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका शिर्ष नेता सहभागी थिए ।राष्ट्रिय सभा गठन सम्वन्धी विधयेक राष्ट्रपतिकोमा अडकिएपछि सत्ता हस्तान्तरण र नयाँ सरकार गठनका विषयमा दलहरुबीच विवाद हुँदै आएको छ ।