७ बैशाख २०८१, शुक्रबार
Follow Us

म्यादी प्रहरी आजवाट घर फर्किए

नेपालब्रिटेन डट कम्
७ पुष २०७४, शुक्रबार ०८:३२

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरी आजवाट घर फर्किएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले भर्ना गरेको ९८ हजार ३ सय ६८ जना म्यादी प्रहरीलाई सरकारले विदा दिएको हो । म्यादी भर्ना भएको शुक्रवार ५५ दिन पुग्ने भएकाले आजसम्मको रासन भत्ता दिएर उनीहरुलाई विदा दिइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी जवानले पाए सरहको तलब, भत्ता र सुविधा सहित म्यादी प्रहरी बिदा भएका हुन । म्यादी प्रहरीले ५५ दिन खटिए बापत आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले तथा रासन, पारिश्रमिक र स्थानीय भत्ता पाएका छन् । त्यस्तै, निर्वाचनका बेला सात दिनका लागि प्रतिदिन २ सय ५० रुपैयाँका दरले विशेष भत्ता र २ सय ५० रुपैयाँ नै खाजा खर्च पनि पाएका छन् । साथै उनीहरुले चार हजार पोसाक भत्ता र बाटो खर्चस्वरूप १ हजार रुपैयाँ पनि पाएका छन् ।