१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पूर्वराजाको रहस्यमय सुदूरपश्चिम भ्रमण

नेपालब्रिटेन डट कम्
७ पुष २०७४, शुक्रबार ०८:३४

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आगामी साता मध्य तथा सुदुरपश्चिम भ्रमणमा जाने भएका छन् । निजी भ्रमणमा मध्यपश्चिम तथा सुदुरपश्चिम जाने तय भएको पूर्व राजाका सहयोगी डाक्टर फणीराज पाठकले जानकारी दिए । केही दिनको निजी भ्रमणमा क्रमा पूर्व राजा त्यसतर्फ जान लागेका हुन । भ्रमण कुन–कुन जिल्लामा हुने भन्ने तय हुन बाँकी रहेको छ । पूर्व राजाले सुदुर र मध्यपश्चिममा केही प्रसिद्ध केही धार्मिकस्थलको भ्रमण गर्ने बुझिएको छ । भ्रमणका क्रममा पूर्वराजाले शुभचिन्तकसँग पनि भेट गर्ने बताइएको छ ।