१५ चैत्र २०८०, बिहीबार
Follow Us

राष्ट्रपति भण्डारीद्वारा अध्यायदेशबारे कांग्रेस नेतासँग छलफल

नेपालब्रिटेन डट कम्
७ पुष २०७४, शुक्रबार १०:५८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा अध्यायदेशका विषयमा कांग्रेस नेतासँग छलफल गरेकी छिन् । शितल निवासमा बोलाएर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँग भण्डारीले छलफल गरेकी हुन । छलफलमा भण्डारीले विधयेकमा राजनीतिक सहमति जुटाउन आग्रह गरेको बताइएको छ ।

उनले विधयेकका विषयमा दलहरु विभाजित हुनु राम्रो नभएको भन्दै सरकारका तर्फवाट सहमतिको प्रयास गर्न आग्रह गरेकी छिन् । जवाफमा कांग्रेस नेताहरुले भने सरकारले पेश गरेको विधयेक राष्ट्रपतिले रोक्न नमिल्ने भन्दै पारित गरेर सरकार गठनसँगै राजनीतिक गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए । लामो समयसम्म विधयेक राष्ट्रपति कार्यालयमा रोकिदा राम्रो सन्देश नगएको भन्दै त्यसतर्फ समेत राष्ट्रपतिले ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

प्रधानमन्त्री शेरवहादुर देउवाले विधयेकका विषयमा सरकारले प्रमुख दलका शिर्ष नेतासँग परामर्श समेत गरिरहेको पनि जानकारी गराएका थिए । बैठकमा प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला थिए ।