७ बैशाख २०८१, शुक्रबार
Follow Us

कास्कीमा सडक भासिँदा बस दुर्घटना ; एक जनाको मृत्यु

sarusaru
८ पुष २०७४, शनिबार ०२:२२

कास्कीको पोखराबाट कास्कीकै मादी गाउँपालिकाको मकैखोलातर्फ जाँदै गरेको एक यात्रीबहाक बस शुक्रबार साँझ भाचोकामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ना३ख ७४३६ नम्बरको बस सडक भासिएर बाटोबाट करिब ५० मिटर तल खस्दा एकजनाको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मादी गाउँपालिका वडा नम्बर–९ का पदम नेपाली रहेका छन् । दुर्घटनामा अरु ९ जना घाइते भएका छन् । स्थानीय र प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि जिप र एम्बुलेन्समा पोखरा ल्याएको प्रहरीले जनाएको छ ।