१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पार्टी एकतामा कुनै समस्या छैन : दाहाल

नेपालब्रिटेन डट कम्
८ पुष २०७४, शनिबार ०९:५०

भैरहवा। पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभातर्फको समानुपातिक सांसदबारे पार्टीले कुनै निर्णय नगरेको बताएका छन । आज पत्रपत्रिकामा माओवादीका समानुपातिक सांसदको लिष्ट आएको रहेछ। तर, समानुपातिक सांसदबारे कुनै निर्णय भएको छैन अध्यक्ष दाहालले भने, त्यसको भ्रममा नपर्नुहोला। निर्वाचन आयोगले माग्नेबित्तिकै पार्टीमा छलफल गरेर सांसद टुङ्गाउँछौं। उनले एक/दुई जनाले विरोध गरेर पार्टी एकता नरोकिने पनि बताए ।
शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या छैन। कसैले त्यसको विरोध गर्छन् भने ती छुट्छन् । तर, विकास, समृद्धि र समाजवादको रेल अघि बढ्छ दाहालले भने –को नेताले के भने, त्यसको पछि नलाग्नुस। एमाले माओवादीमा एकता मन नपराउने एकाध मान्छे होलान् । तर, हामी सबै एकताप्रति इमान्दार छौं, हामी सबै विषयमा गम्भीर छलफल गरेर एकता टुङ्गाउँछौं। एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्नुस्। बरु, एकताका लागि नेतृत्वलाई बल दिनुस् ।
अध्यक्ष दाहाल र चक्रपाणि खनालको सम्मानमा माओवादी केन्द्र रुपन्देहीले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभासम्बन्धि देखिएको विवाद छिटै अन्त्य हुने दाहालले बताए । उनले भने बहुमतीय कि एकल संक्रमणीय भन्ने विवाद छलफलबाटै टुङ्गिन्छ। अब देश राजनीतिक गतिरोध अन्त्य गरेर अघि बढ्छ।